Logo

मिलिंद सोमन र अंकिता कोवरको चुम्बन भाइरल



एजेन्सी, ८ चैत्र । भारतीय चर्चित मोडल तथा कलाकार मिलिंद सोमन फिटनेसको कारण चर्चामा रहन्छन् । मिलिंद सधै आफुलाई फिट राख्ने कलाकार मध्येमा पर्छन् । ५६ वर्षका मिलिंदको पछिल्लो समय २८ वर्षीया अंकिता कोबरसँग विवाह गरेसँगै चर्चा चुलिएको थियो ।

मिलिंद र अंकिताले आफ्ना फ्यानहरुलाई कपल गोल्स दिएका छन् । भर्खरैमात्र यी दुईको लिपलक गरेको तस्वीर भाइरल भएको छ । दुवैजनाको रोमाण्टिक तस्वीरहरुमा फ्यानहरुले लाइक्क गरेका छन् । रोमाण्टिक मोडमा भएको दृश्यमा मिलिंदले गुलाबी रंगको शट लगाएका छन् भने अंकिताले निलो ड्रेस लगाएकी छिन् । मिलिंदले फोटो शेयर गर्दै वीगन ड्रेसमा माया बसेको क्यापसनमा लेखेका छन् ।

भर्खरै मात्र यो जोडीको विवाह भएको २ वर्ष पुरा भएको छ । २०१८ मा उनीहरुले विवाह गरेका थिए । मिलिंदको पहिलो पटक २००६ मा कलाकार मिलिन जैम्पेनोईसँग विवाह भएको थियो । उनीहरु विवाह गरेको ३ वर्षपछि अलग भएका थिए । मिलिंदले प्राय श्रीमतीसँगको रोमाण्टिक फोटो शेयर गर्छन र फ्यानहरुले पनि उनको फोटोलाई धेरै मन पराउछन् । स्रोतः वेबदुनिया

 



प्रतिक्रिया दिनुहोस्

Screenshot