ढाका, ९ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने बंगलादेश भ्रमणका लागि सोमबार बिहान ढाका आएकी छिन् । बंगलादेश स्वतन्त्र भएको ५० वर्ष तथा राष्ट्रपति शेख मुजिबुर रहमानको शतबार्षिकीको अवसरमा आयोजना हुने विशेष समारोहका लागि ढाका ओर्लिएकी राष्ट्रपतिलाई बंगलादेशको स्थानीय समयानुसार बिहान १०:१७ बजे बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले हजरत शाहजालाल विमानस्थलमा स्वागत गरेका थिए । स्वागतमा नेपाली राजदूत डा. वंशीधर मिश्र पनि उपस्थित थिए ।
भण्डारीलाई विमानस्थलमा बंगलादेशी स्थल, जल र वायु सेनाले २१ तोपको सलामी दिएको छ । राष्ट्रपतिकोको स्वागतमा विमानस्थलमा बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जावेद मलेक्यु, रेलमन्त्री नरुल इस्लाम, विदेश राज्यमन्त्री साहरियार आलमलगायत उपस्थित थिए । भण्डारीले सावरमा वृक्षारोपण गरेकी छन् भने आगन्तुक पुस्तिकमा हस्ताक्षर पनि गरेकी छिन् ।