Logo

माधव पक्षधर केन्द्रीय सदस्यहरुको बैठक सुरू



काठमाडौं, १३ चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । काठमाडौंको कलंकीस्थित् मेगा पार्टी प्यालेसमा सुरु भएको बैठकमा पार्टीको केन्द्रीय र स्थायी कमिटी बैठक बोलाउन माग गर्ने एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

पछिल्लो समय एमालेभित्र अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल समूहबीच आन्तरिक संघर्ष चर्किएको छ । अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसहित नेताहरु डा. भीम बहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई स्पष्टीकरण सोधेका थिए । त्यसको जवाफमा चारै जना नेताहरुले उल्टै ओलीलाई प्रतिस्पष्टीकरण सोधेका छन् । यसले पार्टीभित्रको विवाद हल हुनुको साटो झनै बढ्ने नेताहरुले अनुमान गरेका छन् ।

एमाले संसदीय दलको बैठक अघि रणनीति तय गर्न माधव समूहको सांसदहरुको बैठक

एमाले संसदीय दलभित्रै ओलीसँग माधव नेपालले संघर्ष गर्लान् ?

कतिपयले त एमाले आधिकारिक रुपमै फुटिसकेको पनि विश्लेषण गरेका छन् । नेपाल पक्षधर नेता योगेश भट्टराईले सबैले पहल गरेर पार्टी विभाजन हुनबाट रोक्नुपर्ने धारणा राखेका छन् । आजै दिउँसो ३ बजे प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक डाकेका छन् । उक्त बैठकमा नेता नेपाल पक्षधर सांसदहरु जाने कि नजाने भन्नेबारे पनि द्धिविधामा छन् । यो बीचमा केही सांसदहरु ओलीको साथमा उभिएका छन् । File Photo

 



प्रतिक्रिया दिनुहोस्