Logo

भोलीबाट घरघरमा मेलम्ची पानी



काठमाडौं, चैत्र १३। मेलम्चीको पानी काठमाडौं उपत्यकावाशीको धारामा ल्याउन तीव्र गतिमा काम अगाडि बढाइएको छ । यसैबीच शुक्रबारर खानेपानी मन्त्री मणि थापाले काठमाडौं उपत्यकामा विच्छ्याइएका पाईपहरु सफा गर्ने प्रक्रिया अन्तर्गत सुन्दरीजल आइपुगेको मेलम्चीको पानी ट्रिटमेन्ट प्लान्टबाट वितरण प्रणालीमा पानी पठाउने कामको शुभारम्भ गरेका छन् ।

शुक्रबार नै मेलम्चीको पानीलाई थोक वितरण प्रणाली पाइपलाइन फ्लस गर्दै चावहिल नजिक धोबीखोलामा खसालिएको छ । पानी आइतबारबाट काठमाडौं उपत्यकामा वितरण गरिने खाने पानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए । पहिलो दुई दिन चार करोड त्यसपछि ६।५ करोड र ४ दिनपछि ८।५ करोड लिटर वितरण गरिने सचिव बेल्वासेको भनाई छछ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot