Logo

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०२१ कै उच्च



काठमाडौं, चैत १५ । भारतमा कोरोना भाइरस संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या तीन सय नाघेको छ ।पछिल्लो २४ घण्टामा भारतमा तीन सय १२ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । एकैदिन कोरोनाभाइरसको संक्रमण भएर मृत्यु हुनेको यो संख्या २०२१ कै उच्च हो । यसअघि गएको वर्ष डिसेम्बरमा पनि दैनिक मृत्यु हुनेको संख्या उच्च रहेको थियो ।

भारतमा पछिल्लो २४ घण्टामा थप ६२ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमण हुनेको कुल संख्या एक करोड १९ लाख ७१ हजार ६सय २४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ७ सय ३९ जना संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा संक्रमणमुक्त हुनेको कुल संख्या एक करोड १३ लाख २३ हजार ७ सय ६२ रहेका छन् ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या चार लाख ८६ हजारभन्दा बढी छन् ।भारतमा हालसम्म छ करोड २ लाख ६९ हजार भन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाइ सकेका छन् ।



प्रतिक्रिया दिनुहोस्