Logo

सत्यमोहन जोशीको नाममा सरकारले स्कुल स्थापना गर्ने



ललितपुर, चैत १८ । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ । मंगलबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मङ्गलबजारस्थित जोशी निवास पुगेर यस्तो खबर दिएका हुन् । जोशीलाई भेट्दै उनले आफूलाई राष्ट्रपति विद्यादेवी भन्डारीले भेट्न पठाएको तथा विद्यालय खोल्ने विषयमा अनुमति तथा राय लिन पठाएको श्रेष्ठले बताए ।

शताब्दी पुरुष जोशीसँग कुरा गर्दै उनले भने राष्ट्रपतिको समस्या छ । भेट्न मन लाग्यो भन्दैमा फुत्त निस्कन मिल्दैन । त्यसैले यथार्थ अवस्था, स्वास्थ लगायत स्कुलको बारेमा जानकारी लिन पठाउनु भएको हो, पिता सरहको मान्छे भनेर श्रद्धा र सम्मानका साथ हेर्नुहुन्छ ।

श्रेष्ठका अनुसार जोशीका नाममा बन्ने विद्यालयको गुणस्तर दरवार हाइस्कुलको जस्तो हुनेछ । तर कहाँ खोल्ने त्यस विषयमा उनीबाटै अनुमती लिन चाहेको बताए । उनको अनुमती बमोजिम सरकारले नेपालको कुनै पनि ठाउँमा स्कुल स्थापना गर्न सक्ने बताए । श्रेष्ठले भने ुजोशीकै हातबाट शिलान्यास गर्न पाए अझै राम्रो हुने थियो । अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्