Logo

सर्वोच्चले फैसला सच्याउने आधार प्रशस्त छ : अधिवक्ता भट्टराई (भिडिओसहित)



काठमाडौं, १८ चैत्र । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल संवैधानिक अधिकार प्रयोग गर्दै अदालत गएको भन्दै यसलाई स्वभाविक रुपमा लिनुपर्ने टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफू सधैं कानून र संविधानको पक्षमा रहेको स्पष्ट पारे । उनले प्रतिनिधिसभा विघटन गर्दा आफूले त्यो कदम गलत हो भनेर बोलेको पनि स्मरण गराए ।

अधिवक्ता भट्टराईले सर्वोच्च अदालतको २३ फागुनको फैसला सच्चिनेमा आफू विश्वस्त रहेको पनि सुनाए । यसको लागि संवैधानिक र कानूनी आधार प्रशस्तै रहेको पनि भट्टराईको भनाई छ । उनले भने,‘संविधान र कानूनबमोजिम त्यो फैसला टिक्न सक्ने आधार म देख्दिन् । त्यो फैसलाले राजनीतिक सन्तुलन नै फेरबदल गरिदियो । जुन माग लिएर ऋषि कट्टेलजीले गर्नुभएको थिएन ।’ उनले अदालतले राजनीतिक शक्ति सन्तुलन खलबलाउन मिल्छ कि मिल्दैन ? यो अमुक प्रश्न रहेको भन्ने कुरा पनि उठाएका छन् ।



प्रतिक्रिया दिनुहोस्