Logo

‘आज मागेको हो र राजीनामा, मागेपिच्छे म कसरी दिनसक्छु राजीनामा ?’ : प्रधानमन्त्री ओली (भिडिओसहित)



काठमाडौं, २१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) लाई आफूलाई दिएको समर्थन फिर्ता लिन भनेका छन् । शनिबार निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीद्धारा निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ समारोह (लाईभ–भिडिओ)

उनले ढिलो/चाँडो जनादेशमा नगईकन देश स्मुथ्ली अघि बढ्न नसक्ने पनि स्पष्ट पारे । उनले भने,‘आज मागेको हो र राजीनामा ? माग्या माग्यै छ त, मागैपिच्छे म कसरी दिनसक्छु राजीनामा ? एकदिन एउटा राजीनामा हुन्छ । एउटाले माग्दैन, दुइटाले माग्दैन, एकदिन माग्दैन, दुई दिन माग्दैन । माग्या माग्यै छ।’ उनले अघि थपे,‘ए बाबा, हटाउ न त । समर्थन फिर्ता लिइदेऊ भन्छु लिँदैन । अनि राजीनामा माग्छ । राजीनामा आइहाल्छ, समर्थन फिर्ता गर न । समर्थन फिर्ता पनि गर्दैन, अनि राजीनामा माग्छन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot