Logo

पहिलोपटक खाडी मुलुकबाट नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक



 

काठमाडौं, २२ चैत्र । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुवेती नागरिक अब्दुल्लाह अलमुताइरीलाई नियुक्त गरिएको छ । उनलाई अखिल नेपाल फुटबल संघ९एन्फा०ले टेक्निकल कमिटीको सिफारिस अनुसार राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो ।

आगामी जुन महिनामा हुने विश्वकप छनोटका ३ खेल र यही सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा नेपाली टिम उनले सम्हाल्नेछन् । एन्फाको टेक्निकल कमिटीका प्रमुख कृष्ण थापाका अनुसार अब्दुल्लाहलाई एक वर्षको जिम्मेवारी दिइएको हो ।

अब्दुल्लाहको नियुक्तिसँगै नेपालमा पहिलोपटक फुटबलमा खाडी मुलुकबाट प्रशिक्षक चयन भएका छन् । उनले नेपाली प्रशिक्षक बालगोपाल महर्जनको स्थान लिएका छन् ।

विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन्स हुनुपर्ने नियम फिफाले ल्याएपछि एन्फाले अब्दुल्लाहलाई प्रशिक्षक बनाएको हो ।

यसअघि उनले कतार, किर्गिस्तान, साउदी अरेबिया र कुवेतका विभिन्न टिम हेरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्