काठमाडौं, चैत २४ । काठमाडौं, २४ चैत। नेकपा एमालेको नेपाल खनाल पक्षले आज बागमती प्रदेश कमिटी घोषणा गर्ने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीका निर्णयप्रति असन्तुष्ट रहँदै आएको उक्त समूहले बागमती प्रदेश कमिटी घोषणा गर्ने भएको हो । दुई दिन अघिमात्रै नेपाल खनाल समूहले बसन्त मानन्धर को नेत्रृत्वमा २ सय ५० सदस्य जिल्ला कमिटी गठन गरेको थियो ।
अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कारबाही गरेपछि नेपाल खनाल समूह रुष्ट छ ।
यसअघि नै उक्त समूहले विभिन्न जिल्ला र भ्रातृ संगठनहरूमा समानान्तर कमिटी गठन गरिसकेको छ । संस्थापन समूहले भने समानान्तर कमिटीमा बस्नेलाई कारबाही हुन सक्ने बताएको छ ।