Logo

जीतेन्द्र र हेमा मालिनीको विवाह नहुँनुको यस्तो छ रोचक कहानी



एजेन्सी, २६ चैत्र । बलिउडका एक समयका चर्चित हस्ती हुन् जीतेन्द्र । उनको वास्तविक नाम रवि कपुर हो । उनका बाबुले नक्कली गहनाको व्यवसाय गर्थे । फिल्म निर्माताहरुले सुटिङको लागि नक्कली गहना जीतेन्द्रका बाबुको प्रयोग गर्थे । एकपटक चलचित्र क्षेत्रका महान व्यक्ति शान्ताराम गहनाको लागि जीतेन्द्र कहाँ पुगे ।

शान्तारामले जीतेन्द्रमा कलाकार हुने सम्भावना देखे र ‘नवरंग’ फिल्ममा एक भुमिका दिए । उनले नै पाँच वर्षपछि जीतेन्द्रको एक गीत लन्च गरे । गीतमा जीतेन्द्रको अपोजिट रोलमा शान्तारामको छोरी राजश्री थिइन् ।

हेमा–जीतेन्द्र र धर्मेन्द्रको कहानी निकै रोचक छ । हेमा मालिनीसँग जीतेन्द्र मख्ख थिए । सोही समयमा धर्मेन्द्र पनि हेमालाई मन पराउथे । हेमा मालिनी र जीतेन्द्र गोप्य तरिकाले एक मन्दिरमा विवाह गर्ने तयारीमा थिए । यो कुरा गरम धरमले थाहा पाए र उनले आफ्नी प्रेमिका शोभा कपुरलाई बताए । शोभाले उनीहरुको विवाह रोकिदिइन् । पछि शोभा र जीतेन्द्र, हेमा र धर्मेन्द्रको विवाह भयो ।  १९६७ मा रविकान्त नगाइचले जीतेन्द्रलाई लिएर एक जासुसी फिल्म बनाए । फिल्ममा जीतेन्द्रले गोपाल किशन पान्डेको भुमिका निभाएका थिए । यो जीतेन्द्रको पहिलो सफल फिल्म थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot