Logo

२५ भन्दा बढि भेला हुन रोक लगाउन सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिश



काठमाडौं, २७ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेको भन्दै २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सीसीएमसीलाई सिफारिश गरेको छ । तर, मन्त्रालयले सबै स्थानमा भन्दापनि मापदण्ड पालना नभएको ठाउँमा यस्तो लागु गर्न सिफारिश गरेको छ ।

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर आउने खतरा, लकडाउन लाग्छ त ? स्वास्थ्यमन्त्री यसो भन्छन् (भिडिओसहित)

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पनि विद्यालयहरु अब बन्द गर्ने जनाएका छन् । यद्धपी पठनपठान भने भर्चुअल माध्यमबाट सूचारु हुने उनको भनाई छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले स्वास्थ्य–सुरक्षा मापदण्ड पालना गर्न सुझाएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्