Logo

शैक्षिक संघसंस्था वैशाखभर बन्द हुने, अनलाइन कक्षाबाट पठनपाठन



काठमाडौं, २९ चैत्र । शैक्षिक संघसंस्था वैशाखभर बन्द हुने निश्चितप्रायः भएको छ । सरकारले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी वैशाखभर विद्यालय बन्द गर्ने निर्णय गर्न लागेको हो ।

विद्यालयलगायत शैक्षिक संघसंस्थामा कोरोना भाइरसको जोखिम बढेको निष्कर्ष निकाल्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले कम्तिमा ३ साता विद्यालयलगायत शैक्षिक संघसंस्था बन्द गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको छ । सम्भवतः भोलि बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिने बुझिएको छ ।

सरकारले वैशाखभर नै विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्देशिका जारीको तयारी गरिसकेको छ । योसँगै विद्यालयहरुले अनलाइन कक्षाको तयारी बढाएका छन् । कतिपय विद्यालयहरुले अझै पनि अनलाइन कक्षा नै सञ्चालन गर्दै आएका छन् ।

यो वर्ष शैक्षिक सत्र पछाडि सारिएपनि फेरि विद्यालय बन्दको तयारी भएपछि विद्यार्थीहरु मारमा पर्ने भएका छन् । निजी विद्यालयहरु झन् समस्यामा पर्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्