Logo

कोरोना भाइरसको नयाँ भेरियन्ट खतरनाकः डा. शेरबहादुर पुन



काठमाडौं, २ वैशाख। सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले कोरोना भाइरसको नयाँ भेरियन्ट यसअघिको भन्दा खतरनाक भएको बताएका छन् । उनले नयाँ भेरियन्टका संक्रमित फेला पर्न थालेकाले उच्च सर्तकता अपनाउन सबैमा अपिल गरे ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले कोरोनाको नयाँ भेरियन्ट यसअघिको संक्रमणभन्दा बढी खतरनाक रहेकाले सर्तकता अपनाउन आग्रह गरे ।

सामाजिक दुरीको सहि पालना नगर्दा पनि कोरोनाभाइरसको संक्रमण तीव्ररुपमा फैलन थालेको डा.पुनले बताए।

लकडाउन नगर्नका लागि आम नागरिकहरु आफैं सचेत भएर कोरोनाविरुद्ध लड्नुपर्ने उनको भनाई थियो ।

विद्यार्थीहरु कोरोना संक्रमणको उच्च जोखिममा परेकाले विद्यालयले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्नुपर्नेमा जोड दिए ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्