काठमाडौं, २ बैशाख । नेकपा (माओवादी केन्द्र) ले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । दलका नेता हरिबहादुर चुमानले बिहीबार संसद् सचिवालयमा समर्थन फिर्ताको पत्र बुझाएका छन् ।
यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । अविश्वास प्रस्तावको पक्षमा २८ जना सांसदको हस्ताक्षर छ ।