Logo

माधव नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान समाप्त भयो : बाँस्कोटा



काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले माधव कुमार नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान समाप्त भएको टिप्पणी गरेका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा पार्टीका चार जना सांसदले ह्वीप उल्लंघन गर्दै विश्वासको मत दिएपछि नेता बाँस्कोटाको यस्तो प्रतिक्रिया आएको हो ।

नेता बाँस्कोटाले सामाजिक सञ्जाल ट्विटरमार्फत नेता नेपालमाथि यस्तो टिप्पणी गरेका छन् । उनले लेखेका छन्-“कर्णालीमा दलीय प्रकृयाको लक्ष्मणरेखा उल्लङ्घन गरेपछि अब माधब नेपालले पाउदै आएको शङ्काको लाभको राजनीतिक स्थान समाप्त भयो।अब उनको एउटा काम बँकी छ,त्यो हो -माओवादी समर्थन झिक्न रअविस्वास प्रस्ताव एकसाथ राख्न लाउने,त्यस पछि कार्वाही खाने बाटा लाग्ने।बस!!” File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्