Logo

मोवाइल चार्ज गर्ने क्रममा एक जनाको मृत्यु, १५ घाइते



धनकुटा, बैशाख ५ । धनकुटाको महालक्ष्मी नगरपालिकामा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज हुँदा करेन्ट लागेर चन्द्रबहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर अन्य १५ जना घाइते भएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए ।

घाइते भएकाहरुलाई टिभिको प्लक जोड्ने तथा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको हो । घाइतेहरुको उपचार भइरहेको छ । चानुवा क्षेत्रमा दुई दिनदेखि बत्ती नभएको र बत्ती आउनसाथ विद्युतीय सामग्री चार्ज गर्ने क्रममा धेरैलाई करेन्ट लागेको स्थानीयले बताएका छन् ।  हाइभोल्टेज विद्युत प्रवाह हुँदा धेरैका घरमा मोवाइल, टिभी जलेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot