बाँके, बैशाख ५ । भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको गयराती मृत्यु भएको हो ।
बर्दियाका ७३ वर्षीय पुरुष, बाँकेको बैजनाथ गाउँपालिका–८ की ७८ वर्षीया महिला र दैलेखको नारायण नगरपालिका–१ दैलेख निवासी ६८ वर्षीया संक्रमित महिलाको निधन भएको हो।