काठमाडौं, ५ बैशाख । साताको कारोबारको पहिलो दिन आज नेप्से दोहोरो अंकले घटेको छ । आज १.३१ प्रतिशत अर्थात ३५.८९ अंकले ओरालो लागेर २६ सय ९९ दशमलव ५१ विन्दुमा रोकिएको हो ।
आज सबैभन्दा धेरै एभरेष्ट बैंक लिमिटेडको ८७ करोड ६२ लाख भन्दा धेरैको कारोबार भएको छ । बैंकको ८११ रुपैयाँ प्रतिकित्ता शेयरमुल्य आज कायम भएको छ । त्यस्तै, एनआईसी एशिया लघुवित्त संस्था लिमिटेडको ५५ करोड ५३ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको १८ सय ९९ रुपैयाँ प्रतिकित्ता शेयरमुल्य कायम भएको छ ।