Logo

प्रदेशको नाम ‘मधेश’ र स्थायी राजधानी ‘जनकपुरधाम’ कायम हुने गरी सचिवालयमा प्रस्ताव दर्ता



धनुषा, बैशाख ६ । प्रदेश नम्बर २ को नामाकरण र स्थायी राजधानीका लागि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेशको नामाकरण र स्थायी राजधानीका लागि दुई(दुई वटा प्रस्ताव दर्ता भएको जानकारी प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले दिए । दुवै दलका प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम ‘मधेश’ र स्थायी राजधानी ‘जनकपुरधाम’ कायम हुने गरी सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेश २ सरकारले प्रदेशको नाम र राजधानी तोक्न नसकेको भन्दै कडा आलोचना भइरहेको बेला प्रदेशसभाले बैशाख २ गते प्रदेशको नाम र राजधानीको प्रस्ताव बैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा दर्ता गराउन आह्वान गरेको थियो ।(



प्रतिक्रिया दिनुहोस्

Screenshot