Logo

पञ्जाबमाथि दिल्लीको शानदार जित



काठमाडौं, बैशाख ६ । भारतमा जारी १४औँ सिजनको आईपीएल अन्तर्गत ११औँ खेलमा पञ्जाब किंग्समाथि दिल्ली क्यापिटल्स ६ विकेटले विजयी भएको छ।पञ्जाबले दिएको एक सय ९६ रनको लक्ष्य दिल्लीले १८।२ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो।

दिल्लीको जितमा शिखर धवनले शानदार ब्याटिङ गरे। उनले ४९ बलमा १३ चौका र दुई छक्कासहित ९२ रनको योगदान दिए।त्यस्तै, पृथ्वी शाले ३२, मार्कस स्टोइनिसले अविजित २३, ललित यादवले नटआउट १२, कप्तान ऋषभ पन्तले ११ र स्टिभ स्मिथले ९ रन बनाए।

बलिङमा झय रिचडर्सनले दुई, रिली मेरिडीथ र अर्शदीप सिंहले एकएक विकेट लिए। त्यसअघि मुम्बईस्थिति वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबलेनिर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ९५ रन बनायो।



प्रतिक्रिया दिनुहोस्

Screenshot