Logo

ट्राफिक प्रशासन तालिम समापन



काठमाडौं, ६ बैशाख । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा संचालित २१ औं समूहको ट्राफिक प्रशासन तालिम समापन भएको छ । तालिम समापनका अवसरमा सोमबार आयोजित कार्यक्रममा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे ।

तालिममा आर्जन गरेका विभिन्न ज्ञान सिप र अनुभवलाई कार्यक्षेत्रमा खटिँदा अझ बढी उत्तरदायी एवं व्यवहारिक भई सेवाग्राहीको अपेक्षा अनुसारको सेवा दिनुपर्ने उनले बताए ।
सोही महाशाखाका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए। ३५ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक ८ जना र प्रहरी सहायक निरीक्षक ३२ जना गरी जम्मा ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot