Logo

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक स्थगित्, अर्को बैठक १० गते बस्ने



काठमाडौं, ६ बैशाख । नेकपा (एमाले) दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक स्थगित् भएको छ । अर्को बैठक यही बैशाख १० गते बस्नेछ । बैठकमा सहभागी नेताहरुको अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

ओलीको सन्देश लिएर पुगेका सल्लाहकारलाई वामदेवको तीखो जवाफ

माधव नेपालविरुद्ध खनिए ओली, ‘अक्षम्य अपराध’ को आरोप

बैठकमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओली माधव कुमार नेपालसँग खनिएका थिए । उनले कर्णाली प्रदेशमा माधव नेपाल पक्षले गैरसंसदीय अभ्यास गरेको आरोप लगाएका थिए । उनले माधव नेपालसहित नेताहरुलाई कारबाही गर्ने चेतावनी दिएका थिए । उता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पनि ओली खनिएका थिए । उनले अबको चुनावमा प्रचण्ड र माधव नेपाललाई जनताले पराजित गर्ने दाबी गरेका थिए । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्