Logo

बिरामीको उपचारको सुनिश्चितता गरेर मात्र पठाउन मन्त्रायलको आग्रह



काठमाडौं, ७ बैशाख । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले बिरामीको उपचारको सुनिश्चितता गरेर मात्र अन्य अस्पताल पठाउन निर्देशन दिएको छ ।

मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलिदै जाँदा बिरामीलाई अस्पतालले फर्काउने गरेको समस्यालाई मध्य नजर गरेर यस्तो निर्देशन दिएको हो । मन्त्रालयले आज जारी गरेको सुचनामा लेखिएको छ, ‘अन्य अस्पताल पठाउनु पर्ने भएमा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितताको समन्वय गरेर मात्रै पठाउनु हुन सबै अस्पताललाई निर्देशन गरीन्छ ।’



प्रतिक्रिया दिनुहोस्