Logo

कतारी रियालको कारोवार बन्द हुँदै, वैशाख २७ भित्रै साट्न राष्ट्र बैंकको आग्रह



काठमाडौं, बैशाख ८ । नेपाल राष्ट्र बैंकले कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । बैंकले एक सूचना जारी गर्दै यही वैशाख २७ गतेदेखि रियालको कारोबार बन्द हुने जनाएको हो । साथै बैंकले सो अवधिभित्रै कतारी रियाल सटही गर्नसमेत आग्रह गरेको छ । त्यसपछि कारोवार बन्द हुने र साट्न नसकिने सूचनामा उल्लेख छ ।

कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ । सो अवधिभन्दा अगावै सटहीका लागि समयसीमा तोकिएको हो ।

वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुनसक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्