Logo

ओलीसँगको वार्तापछि माधव नेपालको प्रतिक्रिया : बोल्नुपर्नेगरि केही प्रगति भएको छैन



काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ । आजको भेटवार्ता पनि हिजोको जस्तै बिनानिश्कर्ष सम्पन्न भएको नेताहरुले जनाएका छ्न । अध्यक्ष ओलीसँगको भेटवार्ता सम्पन्न गरेर म्यारियट होटेलबाट बाहिरिने क्रममा नेता नेपालले खासै प्रगति नभएको प्रतिक्रिया दिए ।

उनले बाहिरिने क्रममा भनेका छन्,‘म बोल्दिन, बोल्नुपर्ने गरी केही प्रगति भएको छैन ।’ नेता नेपालले आज तिक्ततापूर्ण कुरा भएको सनुाए । उनले भने,‘हिजोको बैठकमा म अलि आशावादी थिएँ । आज कुनै प्रगति भएन। हाम्रो तिक्ततापूर्ण सम्बन्ध कायमै छ। म हिजो थोरै आशावादी थिएँ तर आज तिक्ततापूर्ण कुराकानी भयो ।’

अध्यक्ष ओली र नेता नेपालबीच हिजो र आज भेटवार्ता भएको हो । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेताहरु सम्वादमा जुट्नु सकारात्मक रुपमा नेता तथा कार्यकर्ताहरुले लिएका छन् । तर, माधव नेपालनिकट नेताहरुले जनाएअनुसार आजको बैठकमा पनि दुवै नेता आ–आफ्नो अडानमा यथावत थिए ।

ओली-नेपाल भेटवार्ता बिनानिश्कर्ष सम्पन्न, दुवै नेता आफ्नो अडानबाट टसमस भएनन्

अध्यक्ष ओलीले भोलिको महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी हुन नेता नेपाल पक्षलाई आग्रह गरेका थिए । बैठकमा सहभागी भए यसअघि नेता नेपालसहित केही नेताहरुलाई ६ महिनाको लागि गरेको निलम्बन फुकुवा गरिदिने समेत आश्वासन दिएका थिए । तर, नेता नेपालले भने पार्टीलाई एकताबद्ध बनाउनको लागि २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने अडान छन । उता, ओलीले पनि आफू कुनैपनि हालतमा अब फागुन २८ गतेको निर्णयबाट ब्याक नहुने अडान दोहोर्याएका छन् । दुई नेताहरु अब फेरि वार्तामा बस्ने या नबस्ने भन्नेबारे अहिले कुने टुँगो लागेको छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot