Logo

पेस्तोल र गोली सहित बैठा पक्राउ



सर्लाही, १० बैशाख । पेस्तोल र गोली सहित एकजना कालिन्जोर चोकबाट पक्राउ परेका छन् । ईश्वरपुर नगरपालिका–१२ कालिन्जोर चोकबाट मेडइन युएसए लेखिएको १ थान पेस्तोल, सोको ४ राउण्ड गोली र १ थान म्याग्जिन सहित चन्द्रनगर गाउँपालिका–२ बस्ने ३२ वर्षीय त्रिभुवन बैठालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बिआर ३० जेड ६५४८ नम्बरको मोटरसाइकललाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक बैठालाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको बताएको छ ।

हाल फरार रहेका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीय रामकेवल महतोको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot