Logo

धरहराको उद्घाटन आज



काठमाडौं, बैशाख ११ । १२ वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त पुरानो धरहरानजिकै बनेको नयाँ धरहरा आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट उदघाटन हुँदैछ । भुकम्पले भत्काएको धरहराको संरचनाको पुननिर्माण सम्पन्न भएपनि बाँकी संरचनाहरुको पुननिर्माण कार्य बाँकी छ । कोरोना तथा लकडाउनलगायतका कारण धरहरा निर्माण सम्पन्न हुने समय आगामी २५ डिसेम्बरसम्म थप गरिएको छ ।

त्यस्तै, प्राधिकरणले भूकम्पपछिको ६ वर्ष अवधिमा पुनर्निर्माण र पुनस्र्थापना प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशत उपलब्धि प्राप्त भएको जनाएको छ । अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण सुरु गरेका कुल लाभग्राही संख्या ७ लाख ५३ हजार १ सय ४ अर्थात् झण्डै ९३ प्रतिशत पुगेको प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले जनाएका छन् ।

उनका अनुसार पहिलो किस्ता लिने ९९।८६ प्रतिशत, दोस्रो किस्ता ८६।७८ प्रतिशत र तेस्रो किस्ता लिने ७८।६६ प्रतिशत छन् । ‘यसै आर्थिक वर्षभित्र निजी आवासको मूलभूत काम सम्पन्न गर्ने लक्ष्य हासिल हुनेमा विश्वस्त छौं,’ ज्ञवालीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने ।

प्राधिकरणले भूकम्पपछि २ सय ९९ असुरक्षित स्थानमा रहेका ४ हजार ७ सय २० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको र १२ हजार ७ सय ८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण वातावरण सिर्जना गरेको जनाएको छ ।

प्राधिकरणले क्षतिग्रस्त ९ सय २० सम्पदामध्ये ४ सय ९३ वटा पुनर्निर्माण सम्पन्न गरेको छ । राष्ट्रको मुख्य प्रशासनिक भवन, सिंहदरबार उत्तर, दक्षिण र पूर्वी भागको गत ३ फागुनमै उद्घाटन भई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय संचालन सुरु भएको जनाएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्