Logo

२४ घण्टामा २६१८ कोरोना संक्रमित थपिए



काठमाडौं, ११ बैशाख । पछिल्लो २४ घण्टामा मुलुकमा २६ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ६८ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा २६१८ जना संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा सक्रिय संक्रमित संख्या १६ हजार ८ सय २८ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । र, ३६८ जना निको भएका छन् । कूल संक्रमित संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । कुल मृतक संख्या ३,१३६ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्