काठमाडौं, वैशाख १२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय तथा महाधिवेशन आयोजक कमिटीको आजको बैठक ले महत्वपूर्ण निर्णय गर्ने जनाईएको छ । वालुवाटारमा विहान बैठक १० बजे बोलाइएको बैठकका एजेण्डाबारे केन्द्रीय कमिटी सदस्यहरुलाई जानकारी समेत गराईएको थिएन् ।
आजको बैठकलाई वैशाख ६ र १० गते बसेको बैठकको निरन्तरताको रुपमा समेत हेरिएको छ । बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने र माधवकुमार नेपाल पक्षका नेताहरुको कारवाही बारे थप छलफल हुने देखिएको छ ।
गत ६ बसेको बैठकले नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण सोधिएको थियो । अधिकांश नेताहरुले स्पष्टीकरण बुझाई सक्नुभए पनि त्यसबारे निर्णय हुन बाँकी छ । आज आकस्मिक बोलाइएको बैठकमा त्यसबारे छलफल र निर्णय हुनसक्ने स्रोतको दाबी छ । हाल बैठक जारी रहेको छ ।