पोखरा, बैशाख १३ । गण्डकी प्रदेश सभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरूद्धको अविश्वास प्रस्ताव टेबुल हुने बताएको छ ।
आफु विरुद्ध अविश्वास प्रस्ताव आएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते संसदको चालु अधिवेशनै अन्त्य गरेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी सहितले प्रदेश प्रमुख समक्ष समावेदन गर्दै विशेष अधिवेशन माग गरेका हुन् ।
अविश्वास प्रस्ताव टेबल भएपछि सबै दलका नेताले आफ्ना धारणा राख्ने र भोलि मुख्यमन्त्रीले जवाफ दिने कार्यसूची छ । ख्यमन्त्रीको जवाफपछि मंगलबारै अविश्वास प्रस्ताव निर्णयार्थ मतदान हुनेछ । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव पास हुन ३१ मत आवश्यक हुन्छ ।