Logo

ला लिगामा बार्सिलोनाद्धारा भिल्लारियल २–१ ले पराजित



काठमाडौं, १३ बैशाख । स्पेनिश महारथी बार्सिलोनाले भिल्लारियललाई २–१ ले पराजित गरेको छ । उसको लागि दुवै गोल ग्रिजम्यानले गरेका थिए। उनले खेलको २८ मिनेटमा पहिलो गोल गर्दा ३५ मिनेटमा दोस्रो गोल गरेका थिए । ला लिगाको अंक तालिकामा शीर्ष स्थानको एट्लेटिकोको ३३ खेलबाट ७३ अंक छ।

दोस्रो स्थानको रियल म्याड्रिडको ३३ खेलबाटै ७१ अंक छ। ३२ खेल खेलेको बार्सिलोना ७१ अंक जोड्दै तेस्रो स्थानमा छ। चौथो स्थानको सेभियाले ३३ खेलबाट ७० अंक जोडेको छ। एक खेल कम खेलेको बार्सिलोनाले आगामी खेलमा जित हात पारे शीर्ष स्थानको एट्लेटिकोसँग एक अंकको अग्रता लिनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot