काठमाडौं, १३ बैशाख । मन्त्रिपरिषद बैठकले सीएमसीको सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ । आज (सोमबार) साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सीसीएमसीले राखेको प्रस्ताव परिमार्जनसहित पारित गरेको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।
लकडाउनमा कस्तो सवारी साधन चल्न पाउने कस्तो नपाउने (सूचनासहित)
हिजो बसेको सीसीएमसीको बैठकले सक्रिय संक्रमितको संख्या हेरेर आवश्यक निर्णय लिन सम्बन्धित जिल्लाका सिडिओहरुलाई अधिकार दिएको थियो । पहाडमा २ सय र मुख्य शहरुमा पाँच सय सक्रिय संक्रमित पुगेमा निषेधाज्ञा जारी गर्न सिडिओहरुलाई अधिकार दिईएको थियो ।
खाद्य सामाग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुल्ला हुने
ती मन्त्रीकाअनुसार सबै प्रकारका परीक्षा स्थगित गर्न र सबै विद्यालय बन्द गर्न सीसीएमसीले गरेको सिफारिस पनि पारित गरेको हो । आजमात्रै, काठमाडौं उपत्यकामा यही बैशाख १६ गते विहान ६ बजेबाट बैशाख २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाएको छ ।
उपत्यकामा १६ वैशाख देखि २२ सम्म लकडाउन (के गर्न पाइने के नपाइने, सूचनासहित)