Logo

खुकुरी सुपर लिगमा धनगढीद्वारा काठमाडौं ३-० ले पराजित



काठमाडौं, १४ वैशाख । खुकुरी सुपर लिग फुटबलमा धनगढी फुटबल क्लबले काठमाडौं रेजर्सलाई पराजित गरेको छ । आज भएको खेलमा धनगढीले काठमाडौंलाई ३-० ले पराजित गरेको हो ।

पहिलो हाफमै काठमाडौंविरुद्ध ३ गोल गरेको धनगढीले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

धनगढीबाट ओलाडिपो ओलावाले अफिजले २ गोल गरेका थिए । गोलकिपर विकास कुथुले आफ्नै पोष्टमा गोल गरेका थिए ।

दोस्रो हाफमा धनगढीका खेलाडीले रातो कार्ड पाएर १० खेलाडीमा सिमित भएपनि धनगढीले उत्कृष्ट प्रदर्शन जारी गरेको थियो ।

लिगको पहिलो खेलमा काठमाडौं विजयी भई ३ अंक जोड्न सफल भएको थियो । धनगढी भने पहिलो खेलमा पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot