Logo

प्रधानमन्त्री ओली आइसोलेशनमा बसेका हुन् ?



काठमाडौं, १६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थ केहीलाई कोरोना भाइरसको संक्रमण भयो । त्यसपछि ओलीलाई पनि संक्रमणको आशंकासहितका खबरहरु आए ।

वास्तवमा ओली आइलोसेनमा नभएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री आइशोलेशनमा भनी तथ्यहीन खबर सम्प्रेषण गरेर भ्रम फैलाइएको प्रतिक्रिया दिएका छन् ।

थापाले ट्वीट गर्दै प्रमाणित नगरी दुष्प्रचारमा संलग्न नहुन ध्यानाकर्षण समेत गराएको उल्लेख गरेका छन् ।

सुर्य थापाले लेखेका छन्ः मिडियाकाे भ्रम प्रचार – कतिपय सञ्चारमाध्यमले नियाेजित रूपमा प्रधानमन्त्री आइसाेलेसनमा भनी तथ्यहीन सम्प्रेषण गरेर भ्रम फैलाउनु खेदजनक छ। भेरिफाई नै नगरी यस्ताे दुष्प्रचारमा संलग्न नहुन सम्बन्धित सबैकाे ध्यानाकर्षण गर्न चाहन्छु। मिडियाकाे आवरणमा यसरी गलत कार्य गर्नु सर्वथा गलत हाे।



प्रतिक्रिया दिनुहोस्