Logo

आईसीयु बेड निर्माणको लागि अजय देवगनले गरे १ करोड सहयोग



एजेन्सी, १६ बैशाख । विश्वभर दोस्रो चरणको कोरोना भाइरस तिव्ररुपमा फैलिएको छ । पछिल्लो समयमा भारतमा दैनिक ३ लाख भन्दा धेरै संक्रमित भएका छन् भने दैनिक ३ हजार भन्दा धेरैको मृत्यु भएको छ । यस संकटको घडीमा बलिउडका कलाकारहरुले पनि आर्थिक सहयोग गरेका छन् ।

आज बलिउड कलाकार अजय देवगनले पनि आईसीयु बेडको लागि १ करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन् । देवगनले बृहन्मुंबई नगर निगमलाई १ करोड रुपैयाँ धनराशी डोनेट गरेको बेवदुनियाले जनाएको छ । उनले गरेको आर्थिक सहयोगले २० कोविड बेड बन्न सहयोग हुने भएको छ । यो मुंबईको पार्क एरियामा बन्ने भएको छ ।

अजय देवगनको संस्था एनवाय फाउन्डेसनद्वारा दान गरिएको रकमले कोविड बेड, भेन्टिदेटर अक्सिजन जस्ता धेरै सेवा विस्तार गर्न सकिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot