Logo

मेडिसिटी अस्पतालबाट ८ दिनपछि डिस्चार्ज भए मदनकृष्ण श्रेष्ठ, जारी गरे यस्तो भिडिओ सन्देश



काठमाडौं, १८ बैशाख । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ८ दिनको अस्पताल बसाईपछि हिजो डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएपछि उनी ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पताल भर्ना भएका थिए । उनी हिजोमात्रै अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनले आफ्नो मनलाई फोहोर बनाउन नहुने भन्दै सबैले सबैको भलाई सोच्नुपर्ने बताएका छन् । घरबाटै भिडिओमार्फत एक सन्देश जारी गर्दै उनले यसपटकको कोरोना झनै डरलाग्दो भएको भन्दै संवेदनशील हुन आग्रह गरेका छन् ।

उनले पहिलेको कोरोनाले एकजनालाई मात्रै छोएपनि अहिले त सिंगो परिवार नै संक्रमित हुने गरेको सुनाए । श्रेष्ठका पाँचै जना परिवारका सदस्यहरु संक्रमित छन् । उनले अहिले संसारको नै दुर्दशा भएको भन्दै यसलाई सबै मिलेर जित्नुपर्ने बताएका छन् । उनले मास्क लगाउन जरुरी रहेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot