Logo

अन्तर्राष्ट्रिय श्रमिक दिवस : के छ प्रधानमन्त्रीले जारी गरेको भिडिओ सन्देशमा ? (भिडिओसहित)



काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । आज एक भिडिओ सन्देश जारी गर्दै उनले शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा १३२ वर्ष अगाडि श्रम शोषण गरी अनुचित लाभ लिनेका विरुद्ध आवाज उठाएर शुरु भएको दिवसका रुपमा मनाउँदै आएको स्मरण गर्दै उक्त शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बढ्न नसकेको उल्लेख गर्दै आव २०७८/७९ बाट न्यूनतम पारिश्रमिक पुनरावलोकन हुने भई मासिक रु १५ हजार हुने र सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने प्रतिबद्धता जनाएका छन् ।

हेरौं भिडिओ :



प्रतिक्रिया दिनुहोस्

Screenshot