
काठमाडौं, १८ बैशाख । कोरोना संक्रमणबाट आज थप १९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३२ सय ९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज १२ सय ८७ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म ३ लाख २८ हजार ८ सय ९३ संक्रमित भएपनि २ लाख ८२ हजार ३ सय ८२ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन्।-File Photo