काठमाडौं, बैशाख १९ । सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ।स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका ५ पुरुष र १ महिला, कैलालीका २ महिला र १ पुरुष तथा बझाङका १ पुरुषको मृत्यु भएको छ।
शनिबार प्रदेशमा पिसिआर पद्धति र एन्टिजेन पद्धतिबाट १ हजार ४१५ को नमूना परीक्षण गर्दा ४३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।हालसम्म एन्टिजेन परीक्षणबाट सङ्क्रमण भएकामध्ये २० र पिसिआर परीक्षणबाट सङ्क्रमण भएकामध्ये ८० जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ।
सुदूरपश्चिमको रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पतालमा ५९ सङ्क्रमित उपचाररत रहेकामध्ये ३ जना भेन्टिलेटरमा र १७ जनाको सघन उपचार कक्षमा राखेर उपचार व्यवस्थापन भइरहेको छ।
प्रदेशभर एक हजार आठ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् । हाल अक्सिजनको सहयोग लिएर ३४ र ‘मोडरेड केस’ का पाँचजनाको उपचार भइरहेको छ।