Logo

क्याबिनेटमा कठोर निर्णय लिएर प्रधानमन्त्री शितलनिवास, मन्त्रीहरु बालुवाटारमा कुरेको कुरै



काठमाडौं, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले एकै दिन दुईपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितलनिवासमा भेटेका छन् । दिउँसो र अपरान्ह उनी दुईपटक भण्डारीलाई भेट्न पुगेका हुन् ।

राजनीतिक घटनाक्रम तिव्र गतिमा विकास भइरहँदा ओलीले मन्त्रिपरिषद बैठक बस्नुअघि पहिलो भेटवार्ता गरेका हुन् । त्यसपछि उनी मन्त्रिपरिषद बैठक शुरु गर्न पुगे । मन्त्रिपरिषदमा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिने निर्णय लिएको बुझिएको छ ।

क्याबिनेटमा निर्णय गरेर ओली फेरि राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे । उनले मन्त्रीहरुलाई पर्खन भनेर गएको बुझिएको छ । क्याबिनेट सकिएको या नसकिएकोबारे स्पष्ट नपारी ओली गएपछि मन्त्रीहरु बालुवाटारमै कुरे ।

ओलीले राष्ट्रपति भण्डारीसँग थप कठोर कदम चाल्नेबारे परामर्श गर्न पुगेको बुझिएको छ । प्रदेश देखि केन्द्रसम्म एमाले नेतृत्वको सरकार संकटमा परेपछि ओली कठोर निर्णय लिन बढेका हुन् । उनले संकटकाल घोषणासम्मका लागि राष्ट्रपतिसँग परामर्श गरेको बुझिएको छ । संविधान अनुसार युद्ध, प्राकृतिक विपत्ति, महामारीलगायतको अवस्थामा राष्ट्रपतिले संकटकाल घोषणा गर्नसक्ने व्यवस्था छ । तर, संकटकाल एक महिनाभित्र संसदबाट पारित हुनुपर्छ ।-तस्बिर स्रोतः प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस्

Screenshot