Logo

यातायात प्रवाहसम्बन्धी राजश्व २०७८ स्वीकृत



मकवानपुर, २० वैशाख: बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपराह्नमा बसेको बैठकले प्रदेशको विद्युतीय माध्यमबाट यातायात प्रवाहसम्बन्धी राजश्व २०७८ लाई स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशको पाँच वटा जिल्ला अस्पताल र दुई वटा स्वास्थ्य संस्थालाई कोभिड–१९ सङ्क्रमित बिरामीहरुलाई उपचार सेवामा निरन्तरता दिन आवश्यक बजेट यथाशीध्र उपलब्ध गराउने र भेन्टिलेटर, आईसीयू कक्ष स्थापना गर्नुको साथै आइसोलेसन कक्षहरु स्थापना गर्नेतर्फ उच्च प्राथमिकताका साथ कार्यान्वय गर्ने निर्णय गरेको सरकारको प्रवक्ता, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताएका छन् ।

सोही बैठकले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित मेडिकल शिक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई करिब ७५ प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी उक्त बैठकले भीआरसीअन्तर्गत ट्रान्स्पोट विकाससम्बन्धी विधेयकलाई स्वीकृत प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता ढुङ्गेलले उल्लेख गरे ।- रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot