Logo

मध्य भोटेकोशीको आईपीओ विक्रि स्थगित



काठमाडौं, २४ बैशाख । मध्य भोटेकोशी जलविद्युत कम्पनीले स्थानिय वासिन्दाको लागि विक्रिमा ल्याएको आईपीओ विक्रि स्थगित भएको छ । कम्पनीले एक सुचना जारी गर्दै बैंशाख २१ गतेबाट विक्रि खुल्ला गरेको आईपीओ परिस्थिति ठिक नभएसम्मका लागि स्थागित गरेको जनाएको हो ।

कम्पनीले ओयोजना प्रभावित स्थानियको लागि प्रतिशेयर १०० अंकितमुल्यका ६० लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो । कम्पनीले कुल कित्ता मध्ये १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक भोटेकोशीका वडा १ र ५, बाह्रविसे नगरपालिकाको ५, ६, ७, ८ वडाका बासिन्दालाई छुट्टाएको छ । बाँकी रहेको ४२ लाख कित्तामा सिन्धुपाल्चोकका अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाको लागि छुट्टाइएको छ ।

कम्पनीकोे अनुसार शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतमा ४०० कित्ताका लागि छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सक्ने मिति तोकेको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकहरु प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्