Logo

एनएमबि बैंकले जेठ २ गतेदेखि ऋणपत्र निष्कासन गर्ने, कहिलेसम्म आवेदन दिन सकिने ?



कठामाडौं, २४ बैशाख । जेठ २ गतेदेखि एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको ८.५ प्रतिशत ब्याजदर भएको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र विक्री खुला गर्ने भएको हो ।

‘एनएमबि ऋणपत्र ८.५–२०८७/८८’ नाम दिइएको यस ऋणपत्रमा १ हजार रुपैयाँको दरले १२ लाख कित्ता व्यक्तिगत तर्फबाट र ८ लाख कित्ता सर्वसाधारणमा विक्रि गर्ने कम्पनीले जनाएको छ । सो ८ लाख कित्तामध्ये ५ प्रतिशत सामुहिक लगानीकोषको लागी छुट्टाइएको छ भने बाँकी रहेको ७ लाख ६० हजार सार्वजनिक निष्कासन गर्ने भनिएको छ । ऋणपत्रमा न्यनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म जेठ ५ गतेदेखि १६ गतेसम्म आवेदन दिन सकिन्छ् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot