Logo

योगेश, गोकर्ण, सुरेन्द्र पाण्डे र घनश्यामले माधव नेपालको साथ छोडेकै हुन त ? छुट्टै छलफलमा बसे



काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु राजीनामा दिने निर्णयबाट ब्याक भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज विहान ९ बजेसम्मको अल्टिमेटम दिएको यो समूहका साँढे ११ बजे सम्पन्न बैठकले अन्ततः राजीनामा नदिने निर्णय गरेको छ । नेपाल पक्ष आज विहानै राजीनामा दिने तयारीमा थियो । तर, सिंहदरबारमा बसेको बैठकमा सांसदहरुकै विचारमा एकरुपता नदेखिएपछि बैठक लम्बिएको थियो ।

नेताहरु माधव नेपाल, भीम रावल र झपट बहादुर रावललगायतका नेताहरु तत्काल राजीनामा दिनुपर्ने पक्षमा उभिएका थिए । तर, पार्टी एकताको लागि अन्तिमसम्म प्रयत्न गर्नुपर्ने र तत्काल राजीनामा दिनु हुँदैन भन्ने पक्षमा युवा नेताहरु घनश्याम भुषाल, योगेश भट्टराई र गोकर्ण विष्ट पुगेका थिए ।

उनीहरुले तत्काल राजीनामा नदिने अडान लिएका थिए । विश्वस्त्र सूत्रकाअनुसार आजको बैठकमा सांसदहरु नै राजीनामा दिने कि नदिने भन्नेबारे विभाजित भएपछि उनीहरु तत्काल राजीनामा नदिने निश्कर्षमा पुगेका हुन । तर, प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पनि नदिने यो पक्षको निर्णय छ ।

पछिल्लो समय माधव नेपाल पक्षधर सांसदहरु योगेश, घनश्याम र गोकर्ण विष्ट प्रधानमन्त्री ओलीसँग निरन्तर सम्वादमा छन् । उनीहरुले पार्टी एकताको लागि अध्यक्षको हैसियताले अधिकतम प्रयास गर्न र लचकता अपनाउन ओलीलाई सुझाव दिएका छन् । तर, अध्यक्ष ओली भने आफू धेरै अघि बढिसकेकोले अब पछि फर्कने सम्भावना नरहेको भन्दै नेपालसँग सम्झौता नगर्ने पक्षमा पुगेका छन् ।

माधव नेपालले पनि सार्वजनिक रुपमै आफू ओलीसँग झुक्ने पक्षमा नरहेको बताउँदै आएका छन् । कतिपयले भने नेता नेपाललाई आफ्नै सांसदहरुले साथ छोड्न थालेको चर्चा गर्न थालेका छन् । नेपालनिकट नेता सुरेन्द्र पाण्डेले पनि आफू व्यक्तिगत रुपमा राजीनामाको पक्षमा नरहेको बताईसकेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot