Logo

प्राइम कमर्सियल बैंकमा आगलागी



भरतपुर, २८ बैशाख । प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा ४० लाखको क्षति भएको छ । भरतपुर महानगरपालिका–१० चौबीसकोठीमा रहेको बैंकमा आगलागी हुँदा ४० लाख हाराहारीको क्षति भएको प्रहरीले जनाएको हो ।

सोमबार साँझ ५ बजे एक्कासि आगलागी हुँदा बैंकको १० थान कम्प्युटर, १० थान विभिन्न किसिमका प्रिन्टर, दुई थान फोटोकपी मेसिन, टेलिफोन सेट, पैसा गन्ती गर्ने मेसिन, दुई थान एसीमेसिन, स्टेटमेन्ट प्रिन्टर मेसिन, टोकन मेसिन, स्क्यानर मेसिन, पङ्खा, हाजिर गर्ने मेसिन र फेकनट डिटेक्टर मेसिन जलेर नष्ट भएको छ ।

प्रहरीको अनुसार सिसीक्यामेरा, काउण्टरमा राखिएको डिस्प्ले, बिजुलीको मिटर, कुर्सी, टेबुल, फाइल ¥याक, स्टोर ¥याक क्षति भएको छ । आगलागीबाट आन्तरिक सजावट, एयरकण्डिशन, वाइरिङलगायत पनि पूर्णरूपमा क्षति पुगेको छ । विद्युत् चुहावट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot