Logo

देशभर एक लाख अक्सिजन सिलिन्डर



काठमाडौं, जेठ ४ । कोरोना महामारीबीच अक्सिजन अभाव भइरहेककै बेला देशभर १ लाख ११ हजार ३ सय ६४ सिलिन्डर पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकाभित्रका १० उद्योग र बाहिर १९ उद्योगमा ठूलो ७२ हजार २ सय ५० र सानो ३९ हजार १ सय १४ गरी कुल १ लाख ११ हजार ३ सय ६४ सिलिन्डर रहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगमले ओमनबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर ल्याएको छ । चीनबाट प्राप्त हुनेमध्ये १६ सय अक्सिजन सिलिन्डर लिन निगमको कार्गो उडानले १५ देखि १८ मेसम्म नियमित उडान गर्नेछ ।

प्रधानमन्त्री कार्यालयले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि गत ३१ वैशाखमा ३ करोड ७७ लाख ४३ हजार ४ सय ३२ बराबरका २६ लाख १३ हजार १६ थान मेडिकल उपकरण र ५७ लाख ५७ हजार ६ सय ९६ बराबरका अक्सिजन तथा औषधि पैठारी भएको जनाएको छ ।

त्यस्तै, गएको १ जेठमा १ करोड ३५ लाख ५ हजार ३ सय ६९ बराबरका १७ हजार १ सय ७७ थान मेडिकल उपकरण र २ लाख ६ हजार ७ सय ५८ बराबरका अक्सिजन तथा औषधि भन्सारबाट पैठारी भएको छ ।

गृह मन्त्रालयले देशभर ३१ हजार बढी व्यवस्थापन भएकामध्ये करिब १५ सय अक्सिजनसहितको आइसोलेसन सेन्टर रहेको जनाइएको छ । संक्रमित उपचारका लागि १० हजार ८ सय १२ सामान्य र विशेषका लागि ३ सय ६५ बेड गरी २५ सय ९० छन् ।

त्यस्तै, एचडीयू २२ सय २५, ५ वटा थप बेड भई १६ सय २३ आईसीयू र ५ थप भई ५ सय ९८ भेन्टिलेटर रहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता किरणराज शर्माले जनाएका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot