Logo

अक्सिजन लिन विरामीका आफन्तको दौडधूप



काठमाडौं, ४ जेठ । उपत्यकाका अक्सिजन उत्पादक कम्पनीहरु विरामीका आफन्तको घुइँचो हुन थालेको छ । अस्प्तालहरुमा अक्सिजन अभाव भएपछि विरामीका आफन्तले अक्सिजन व्यवस्था गर्दै आफै दौडधूप गर्न थालेका छन् ।

अस्पतालहरुले अक्सिजन व्यवस्था गर्न नसक्नेलाई भर्ना लिन मानेका छैनन् । कतिपय विरामीका आफन्तले अक्सिजन व्यवस्था गर्ने ग्यारेन्टीमा मात्र भर्ना पाउने गरेका छन् ।

विरामीका लागि अक्सिजन जोहो गर्न आफन्तहरु कम्पनीमै पुग्ने गरेका छन् । उनीहरु अक्सिजन लिएर पुग्छन् तर भोलि आउन भनिने गरेको बुझिएको छ । कतिपयले १० देखि १२ घन्टा कुरेर अक्सिजन लिएर विरामीका लागि पुर्याउने गरेका छन् ।

अस्पतालमा विरामीका लागि तयार रहने एकजना र अक्सिजनको जोहो गर्ने दुईजना गरी तीनजना खटिनुपर्ने वाध्यता छ ।

सरकारले अक्सिजनको व्यवस्था अस्पताल आफैले गर्नुपर्ने भनेपनि त्यस्तो हुन सकेको छैन । विरामीका आफन्त आफैले अक्सिजनको जोहो गर्नुपर्ने वाध्यता छ ।-फाइल तस्बिरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्