Logo

निषेधाज्ञा उल्लंघन गर्ने ७३ सय १७ जना



काठमाडौं, ४ जेठ । प्रहरीले विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ३ सय १७ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडेको छ । सो क्रममा ९ सय ७१ वटा गाडी र २ हजार २ सय २३ वटा मोटरसाइकल गरी ३ हजार १ सय ९४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६५ जनालाई निस्शुल्क मास्क वितरण गरेको जनाएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ३ सय ६० जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ । साथै देशभर माईकिङ तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत २० हजार ५ सय ५१ जनालाई सचेत गराईएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot