Logo

हिउ पग्लिएपछि गस्ती बढाउँदै सशस्त्र प्रहरी



दार्चुला, ४ जेठ: व्यासमा हिउ पग्लिएपछि सशस्त्र प्रहरीले गस्ती बढाउन थालेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मले व्यास क्षेत्रमा गस्ती बढाएको हो । नम्बर ५० गुल्म प्रमुख शाहको नेतृत्वमा यसै साता माथिल्लो कौवा र कालापानी क्षेत्र वरपर गस्ती गरिएको छ ।

नेपालको सशस्त्र प्रहरीले कौवा, कालापानी क्षेत्रमा गस्ती गर्न थालेको हो । सशस्त्र प्रहरी छाङ्गरुको गागामा छ । गागाबाट कालापानीसम्म पुग्न १४ किलोमिटर दूरी पर्दछ । कालापानीभन्दा ३०० मिटर नजिककै गस्ती गर्ने गरेका छौंँ, व्यासमा कार्यरत एक सुरक्षाकर्मीले भने ।

गागामा रहेको सशस्त्रको गुल्मबाट सातामा एक वा दुईपटक गुञ्जी, कौवा र कालापानी क्षेत्रमा तथा चीनसँग सीमा जोडिएको पिल्लर नं। १ स्थित तिंकर क्षेत्रसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरीले गस्ती गर्ने गरेका छन् । सरकारले अतिक्रमित क्षेत्र समेट्दै नक्सा जारी गरेपछि त्यस क्षेत्रमा नेपाली सुरक्षा संयन्त्रको उपस्थिति रहेको हो । छाङ्गरुमा गुल्म बनाएर बसेको सशस्त्रको टोलीले हिउँ पग्लिएपछि केही साताअघिदेखि भारत र चीनसँग जोडिएको नेपाली भूभागमा गस्ती सुरु गरेको हो । यो वर्ष सशस्त्र प्रहरी र नेपाल प्रहरी बाह्रै महिना व्यासको छाङ्गरुमा बसेको थियो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot